Art & Culture
2026-03-17 00:17:02
लमजुङको उदिपुर कालिका मन्दिर परिसरमा पहिलो पटक प्रथम उदिपुर चैते दसैँ तथा धार्मिक मेला हुने भएको छ।
श्री उदिपुर कालिका मन्दिर तथा गुठी व्यवस्थापन समितिका अनुसार चैत्र १२ गते बिहान ११ बजेदेखि मेला सञ्चालन हुने भएको हो।
मेलामा धार्मिक पूजाआजा, भजन-कीर्तन, सांस्कृतिक कार्यक्रम तथा स्थानीय कला संस्कृतिको प्रस्तुति रहने आयोजकले जनाएका छन्।